अघिल्लो निर्वाचनमा जस्तै यसपटक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । पार्टी सचिवालय सदस्य समेत रहनुभएका खनालले भारी मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई पराजित गर्दै आफ्नो क्षेत्र सुरक्षित गर्नुभएको हो ।
