काठमाडौं, पुस ३ गते ।

नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली भारी मतान्तरसहित विजयी हुनुभएको छ। भर्खरै सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार, ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो अन्तरले पराजित गर्दै लगातार तेस्रो कार्यकालका लागि पार्टीको नेतृत्व सुरक्षित गर्नुभएको हो।​मत परिणाम विवरण:निर्वाचन आयोगले दिएको जानकारी अनुसार, अध्यक्ष पदका लागि खसेको कुल मतमध्ये केपी शर्मा ओलीले १,६६३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत मात्र प्राप्त गर्नुभयो।

मत परिणाम विवरण:निर्वाचन आयोगले दिएको जानकारी अनुसार, अध्यक्ष पदका लागि खसेको कुल मतमध्ये केपी शर्मा ओलीले १,६६३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत मात्र प्राप्त गर्नुभयो।

महासचिवमा शंकर पोखरेल विजयीयसैगरी, महासचिव पदको दौडमा शंकर पोखरेलले बाजी मारेका छन्। उनले आफ्ना प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पछि पार्दै महासचिव पदमा जित हासिल गरेका हुन्।​नवनिर्वाचित अध्यक्ष ओलीले नतिजा सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

SHARE THIS NEWS IN SOCIAL MEDIA